आज सागमा विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज सागमा विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदै

sag

काठमाडौं, १९ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको पाँचौं दिन आज विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ । काठमाडौं र पोखरामा आजका खेलहरु हुनेछन् । १७ खेल मध्ये पाँच नयाँ खेलको सुरुवात हुनेछ । अरु अघिल्लो दिनदेखि जारी खेल संचालन हुनेछ ।

आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कब्बडी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, बीच भलिबल, भारोत्तोलन र उसुको प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, भारोत्तोलन, बीच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । अन्य खेल काठमाडौंमा हुनेछ । साग क्रिकेट अन्तर्गत पुरुष क्रिकेटमा बिहीबार दुई खेल हुँदैछ । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपालले भुटानसँग खेल्दैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);