पुरुष फुटबलमा नेपाल र श्रीलंकाबीचको खेल बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पुरुष फुटबलमा नेपाल र श्रीलंकाबीचको खेल बराबरीमा

काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलमा नेपाल र श्रीलंकाबीचको खेल एक एक गोलको बराबरीमा रहेको छ ।

बुधबार दशरथ रंगशालामा नेपालले एक गोलको अग्रता जोगाउन नसक्दा खेल बराबरीमा रहेको हो । खेलको ३३ औं मिनेटमा नेपालले पाएको पेनाल्टीलाई कप्तान सुजल श्रेष्ठले गोलमा परिणत गरेर अग्रता दिलाए ।

सुजलको जारी प्रतियोगितामा तेस्रो गोल हो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपाल विरुद्ध श्रीलंकाले इन्जुरी समयमा गोल गरेर खेल बराबरीमा रोकेको हो ।

बराबरीसंगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । यस नतिजासंगै नेपालले दुई खेलमा चार अंक बटुलेको छ । मंगलबार नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएर ३ अंक जोडेको थियो । अब नेपालले शनिबार माल्दिभ्ससंग तथा आइतबार बंगलादेशसंग खेल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);