मैत्रीपूर्ण फुटबलमा नेपाल र म्यानमारको बराबरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

मैत्रीपूर्ण फुटबलमा नेपाल र म्यानमारको बराबरी

nepal vs myanmar

काठमाडौं, ९ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली यू–२३ राष्ट्रिय फुटबल टिमले म्यानमारको यू–२२ टिमसँग बराबरी खेलेको छ । कतारको दोहामा शुक्रबार राति भएको मैत्रीपूर्णमा नेपालले म्यानमारसँग २–२ गोलको बराबरी खेलेको हो ।

म्यानमारविरुद्ध दुई पटकको अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाएको हो । नेपालले खेलको दोस्रो मिनेटमा अनन्त तामाङको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । कप्तान सुजल श्रेष्ठको कर्नरमा अनन्तले हेड गोल गरेका थिए । तर, खेलको ४० औं मिनेटमा म्यानमारका लिविन मोए अङले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए ।

मध्यान्तरसम्म १–१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पनि नेपालले अग्रता बनाएको थियो । खेलको ६० औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए ।

रेजिन नवयुग श्रेष्ठको स्थानमा दोस्रो हाफमा मैदान छिरेका थिए । तर, खेलको ६४ औं मिनेटमा लिविनले व्यक्तिगत दोस्रो गोल गर्दै म्यानमारलाई २–२ गोलको बराबरीमा ल्याउदै टिमलाई हारबाट जोगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);