एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना

anfa election

काठमाडौं, ८ कात्तिक । एसियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फालाई १० हजार अमेरिकी डलर जरिवाना गरेको छ । गलत तरिकाले क्लबहरुलाई लाईसेन्स वितरण गरेको भन्दै एएफसीले एन्फामाथि आर्थिक जरिवाना तिराउने निर्णय गरेको हो ।

मलेसियाको क्वालालाम्पुरस्थि एएफसीको केन्द्रिय कार्यालयमा बसेको अनुशासन तथा आचार समितिको बैठकले एन्फालाई १० हजारको आर्थिक जरिवाना गर्ने निर्णय गरेको एएफसीले जनाएको छ । एएफसीका अनुसार क्लब लाईसेन्सिङ नियमावली बिपरित एन्फाले गलत तरिकाले क्लबलाई लाईसेन्स दिएको भेटिएको हो ।

विश्व फुटवल एशोसियशन फिफा र एएफसीले सन् २०१९ भित्र आफ्ना सदस्य राष्ट्रलाई क्लब लाईसेन्सिङ प्रणाली लागु गर्न भनेका थिए । सोही अनुसार एन्फाले ए डिभिजन लिग खेल्ने ९ क्लबलाई लाईसेन्सका लागि प्रस्ताव गरेको थियो । सोही अनुसार एएफसीले नेपालका ९ क्लबलाई क्लब लाईसेन्स प्रदान गरेको थियो ।

सोही अनुसार २०७५ को लिग च्याम्पियनको हैसियतमा मनाङ मस्र्याङ्दी क्लबले एएफसी कप खेलेको थियो । एएफसीले मनाङ सहित तीन क्लबको अडिट रिपोर्ट माग गरेको थियो । सो जाँचको क्रममा तीन क्लबलाई न्युनतम शर्त समेत पुरा नगरि क्लब लाईसेन्स सिफारिस गरेको भेटिएपछि एएफसीले एन्फालाई कारबाही गर्ने निष्कर्शमा पुगेको हो ।

क्लब लाईसेन्सका लागि आवश्यक शर्त समेत पुरा नगरेका क्लबलाई लाईसेन्स वितरण गरेपछि एएफसीले एन्फालाई १० हजार आर्थिक जरिवाना गरेको हो । एएफसीले सोही गल्ती पुन दोहरिए दुई बर्षको प्रतिबन्ध सहित ३५ हजार डलर भन्दा बढी जरिवाना गर्ने चेतावनी एन्फालाई दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);