एएफसी महिला एसियन कप–२०२२ का लागि नेपालको छनोट खेल उज्वेकिस्तानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एएफसी महिला एसियन कप–२०२२ का लागि नेपालको छनोट खेल उज्वेकिस्तानमा

काठमाडौं । नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेल अन्र्गत समूह एफको खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने जानकारी दिएका हुन् ।

एसियाली फुटबल महासंघ एएफसीले कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको महासविच इन्द्रमान तुलाधरले बताए ।
यस अघि जारी गरेको तालिका अनुसार नेपालले समूह एफको छनोट खेल दशरथ रंगशालामा आयोजना गर्ने तालिका थियो । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।

छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले अभ्यासमा रहेको छ । घरेलु मैदानमा हुने अभिलासाका साथ बलिया राष्ट्रविरुद्ध राम्रो गर्ने लक्ष्य सहित नेपाली टोलीले अभ्यास गरिरहेको थियो । तर परिवर्तन भएको तालिकाले टोली केही निराश भएको छ ।

एन्फाले महिला टिमलाई बन्द प्रशिक्षणमा राखेर छनोटको तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । एन्फाले बंगलादेश लगायतका देशसँग मैत्रीपूर्ण फुटबलको तयारी समेत गरेको छ ।

आयोजक एएफसीले २८ टोलीलाई चार समूहमा चार–चार र अर्को चार समूहमा तीन–तीन टोलीलाई समावेश गरेर छनोट खेलाउँदै छ । समूह शीर्ष टोली अघिल्लो चरण प्रवेश गर्नेछन् । प्रतियोगिता २०२२ मा भारतका तीन शहरमा हुँदै छ । त्यसका लागि भारतले आयोजना स्थलको पनि टुङ्गो लगाएको छ भने लोगो पनि सार्वजनिक गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);