एएफसी यू–२३ एसियन कप फुटबल छनोटमा नेपाल समूह बी मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एएफसी यू–२३ एसियन कप फुटबल छनोटमा नेपाल समूह बी मा

एजेन्सी । उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ’बी’ मा परेको छ । एसियन फुटबल फेडेरेसन एएफसी ले शुक्रबार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ’बी’ मा परेको हो ।

एएफसीले वेस्ट जोन र इस्ट जोनको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । ताजिकिस्तानमा हुने समूह ’बी’ छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्दा अन्तिम खेल लेबनानसँग खेल्नेछ । छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);