नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेश सँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेश सँग पहिलो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने लागेको हो । नेपाल र बंगलादेश बीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ । बंगलादेश विरुद्ध मैदान उत्रदा राष्ट्रिय महिला टिमले दशरथ रंगशालामा डेब्यु गर्नेछ ।

नेपाली महिला टिमले अहिलेसम्म घरेलु मैदान दशरथ रंगशालामा खेलेको छैन । यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टिममा विदेशी प्रशिक्षकको समेत डेब्यु हुने बताइएको छ । नेपाली टिम पहिलो पटक विदेशी प्रशिक्षक ग्यारी फिलिप्सको प्रशिक्षणमा खेल्ने छ ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ ।

छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ भने नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ ।उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ मा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ । उक्त खेल सेप्टेम्बर २१ मा हुनेछ । यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ मा हुनेछ भने समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);