नेपालसँग मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालसँग मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली काठमाडौंमा

काठमाडाैं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय महिला फुटबल टिम सोमबार नेपाल आईपुगेको छ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशको टोली काठमाडौं आएको हो । बंगलादेशले नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल भदौ २४ र २७ गते दशरथ रंगशालामा हुनेछ । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेका छन् । छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ ।

नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर असोज २ मा हुनेछ । यस्तै नेपालले असोज ५ गते दोस्रो खेलमा हङकङको सामना गर्नेछ ।

यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ मा हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रेअरी ६ सम्म हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);