काठमाडौं । आईसीसी बिश्वकप क्रिकेट लिग डिभिजन – २ को तयारीमा रहेका नेपाल र पपुवा न्यगिनी (पिएनजी)बीच एकदिवशीय (ओडिआई) खेल भोलि हुँदैछ । मंगलबार ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाल र पिएनजी भिड्न लागेका हुन् ।
खेल नेपाली समयअनुसार मंगलबार बिहान सवा ११ बजे सुरुहुनेछ । दुबै टोली पहिलो ओडिआई जित्ने लक्ष्यमा रहेका छन् । नेपालले ओमानमा पिएनजीसँग दुई खेल खेल्नेछ । दोस्रो खेल शुक्रबार हुनेछ ।
यसअघि नै ज्ञानेन्द्र मल्लको कप्तानीमा २९ सदस्यीय टोली ओमान पुगेको हो । यसपटक नेपाली टोलीमा पूर्व कप्तान पारस खड्का उपलब्ध हुने छैनन् । राष्ट्रिय टोलीबाट सन्यास लिएपछि उनी टोलीमा रहने छैनन् । पारसको अनुपस्थितिमा गुल्सन झा पहिलो पटक टोलीमा स्थान बनाएका हुन् । नेपाल पुलिस क्लबबाट घरेलु लिग खेलेका गुल्सन पहिलो पटक टोलीमा स्थान बनाएका हुन् ।
पिएनजीसँग खेलेपछि नेपाली टिम अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेल्नेछ । खेल १३-१९ सेप्टेम्बरसम्म हुनेछ ।