नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले नेपाली टिम र बंगलादेशबीचको मैत्रीपूर्ण पक्का भएको जानकारी दिएका हुन् ।

नेपाली टोलीले बंगलादेशी टोलीसँग भदौ २४ र २७ गते दशरथ रंगशालामा खेल्ने छ । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेको छ । एन्फाले घोषणा गरेको टोलीमा ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् । एपयिन कप छनोटमा नेपालसँगै समूह ’एफ’ मा फिलिपिन्स र हङकङ रहेका छन् । छनोट खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।

नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रेअरी ६ सम्म हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);