युरो च्याम्पियनमा इटालीको अर्को कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

युरो च्याम्पियनमा इटालीको अर्को कीर्तिमान

काठमाडौं । युरोपियन च्याम्पियनमा इटाली ३७ खेलमा अपराजित रहने पहिलो राष्ट्र बनेको छ ।

बुधबार रातिको खेलमा लिथुआनियालाई ५–० गोल अन्तरले पराजित गर्दै इटालीले ३७ खेलको अपराजित यात्रा मात्र कायम राखेन, कीर्तिमान नै बनाएको छ ।

रोबर्टो मान्चिनिले एभर्टनबाट खेल्दै आएका मोइसे केअनलाई डेब्यू गराउदा २ गोल गरे । युभेन्ट्सबाट केअन लोनमा आएका हुन् ।

केअनले २ गोल गर्दा जिओभानी डे लोरेन्जो, गिआकोमो रास्पाडोरिले १÷१ गोल गरे भने लिथुआनियाका एडगारस उत्कुसेले आत्माघाती गोल गरे ।

यसअघि इटालीले ब्राजिलको नाममा रहेको ३६ खेलको अपराजित यात्रा बराबर गरेको थियो । समूह ’सि’को अर्को खेलमा स्विजरल्याण्ड र आयरल्यान्डले गोलरक्षक बराबर खेल्दै अंक बाँडे ।

जितसँगै इटालीले समूह ’सि’बाट ६ अंकको अग्रता बनाएको छ । उसको ६ खेलबाट १४ अंक रहेको छ । ४ खेलबाट ८ अंक जोडेको स्विजरल्याण्ड दोस्रो स्थानमा छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);