इटाली र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

इटाली र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा

एजेन्सी । इटाली र स्पेन १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा पुगेका छन् ।

फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै इटाली युरोकप फुटबलको सेमिफाइनलमा पुगेको हो । दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।

जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । खेलको ३० औं मिनेटमा बरेलाले र ४४ औं मिनेटमा लोरेन्जोको गोलसँगै इटालीलाई २–० को अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बेल्जियमका लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । अब इटालीले सेमिफाइनलमा तीन पटकको च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । रसियाको सेन्ट पिटर्सवर्ग स्टेडियममा पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो ।

पेनाल्टीमा स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे । स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले मात्र गोल गरे । खेलको आठौं मिनेटमा स्पेनले आत्मघाती गोल उपहारबाट अग्रता बनाएको थियो ।

स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरे । खेलको ६८ औं मिनेटमा कप्तान जद्रान शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा फर्काए ।

Leave a Reply