इटालीसँग स्विजरल्याण्ड ३–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

इटालीसँग स्विजरल्याण्ड ३–० गोल अन्तरले पराजित

एजेन्सी । इटाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति रोमको म्पक स्टेडियममा भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३–० गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो । इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे भने सिरो इमोबाइलले एक गोल गरे ।

खेलको २६ औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए ।

खेलको ८९ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई ३–० कोअवस्थामा पुर्याए । यससँगै समूह ’ए’ को इटाली अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ । लगातार दोस्रो जित निकालेको इटालीले २ खेलमा ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले पराजित गरेको थियो । समूहको तेस्रो स्थानमा रहेको स्विजरल्याण्डको यो पहिलो हार हो । स्विजरल्याण्डले २ खेलमा १ अंक जोडेको छ । स्विजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);