आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका लागि भारतीय टोली चयन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका लागि भारतीय टोली चयन

एजेन्सी । न्युजिल्यान्ड विरुद्ध फाइनलमा १५ सदस्सीय भारतीय टोलीका कप्तान विराट कोहली । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलका लागि भारतले टोलीको घोषणा गरेको छ ।

इंग्लयान्डको साउथह्याम्पटनमा न्युजिल्यान्ड विरुद्ध शुक्रबार सुरुहुने आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलका लागि भारतले विराट कोहलीको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।

भारतीय टोलीमा सार्दुल ठाकुर, वासिङ्टन सुन्दर, अक्षर पटेल, मायांक अग्रवाल र केएल राहुल अटाएका छैनन् । भारतले उमेश यादव सहित पाँच जना तिब्र गतिका बलरलाई टोलीमा राखेको छ ।

न्युजिल्याण्डले यस अघि नै केन विलियम्सनको कप्तानीमा टोली चयन गरिसकेको छ । विश्व टेस्ट च्याम्पियनसिपको विजेताले १६ लाख र उपविजेताले ८ लाख अमेरिकी डलर पुरस्कार पाउने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);