अस्ट्रेलियाविरुद्धको क्रिकेट श्रृखलाका लागि भारतीय टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अस्ट्रेलियाविरुद्धको क्रिकेट श्रृखलाका लागि भारतीय टोलीको घोषणा

रोहित शर्मा टिम बाहिर, केएल राहुललाई उपकप्तानको जिम्मेवारी

एजेन्सी, ११ कार्तिक । अस्ट्रेलिया विरुद्धको क्रिकेट श्रृखलाका लागि भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय क्रिकेटबोर्ड बीसीसीआइले अस्ट्रेलियाविरुद्धको क्रिकेट श्रृखलाका लागि टेष्ट र एकदिवसीय भारतीय टोलीको घोषणा गरेको हो ।

नियमित उपकप्तान रोहित शर्मा टिम बाहिर रहेका छन् । उनको ठाउँमा केएल राहुललाई उपकप्तान बनाइएको छ । रोहित घाइते भएपछि अस्ट्रेलियाविरुद्धको श्रृखलामा आराम दिइएको हो ।

विराट कोहलीको कप्तानीमा भारतले अस्ट्रेलियाविरुद्ध टी–२०, एक दिवसीय र टेस्ट क्रिकेट श्रृखला खेल्ने छ । भारत र अस्ट्रेलियाबीच तीन टी २०, तीन एक दिवसीय र चार वटा टेस्ट म्याचको सिरिज हुने छ । तीब्र गतिका बलर ईशान्त शर्मा पनि चोटका कारण टिममा छैनन् ।

नयाँ खेलाडीको रुपमा टी २० मा बरुण चक्रवर्तीले स्थान बनाएका छन् । अहिलेसम्मको कार्यक्रम अनुसार भारतले पहिलो एक दिवसीय आगामी २७ या २९ नोभेम्बरमा सिड्नीमा खेल्ने छ । अन्तिम एक दिवसीय डिसेम्बर १ तारिखमा ओभलमा हुने छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);