आईपीएल : हैदराबादसँग ८८ रनले दिल्ली क्यापिटल्स पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आईपीएल : हैदराबादसँग ८८ रनले दिल्ली क्यापिटल्स पराजित

एजेन्सी, १२ कार्तिक । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा हैदराबादले दिल्लीलाई ८८ रनले पराजित गरेको हो । हैदराबादले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले १९ ओभरमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि ऋषब पन्तले सर्वाधिक ३६ रन जोड्दा अजिन्का रहानेले २६, टुसार देश पाण्डेले २०, शिम्रन हिटमायरले १६, कप्तान श्रेयस एयरले ७ रनमा बनाउदा शिखर धवन सुन्य रनमा आउट भए ।

दिल्लीलाई सस्तैमा समेट्न हैदराबादका राशिद खानले ३ विकेट लिए । यस्तै सन्दीप शर्मा र टी नटराजनले २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो । दिल्लीको फराकिलो लक्ष्यमा रिद्दिमान शाह र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले ।

वार्नरले ६६, रिद्दिमानले ८७ रन बनाए । यस्तै मनिस पाण्डेले अविजित रहदै ४४ रन जोड्दा केन विलियम्सनले अविजित ११ रन बनाए ।

दिल्लीका एनरिच नोर्टजे र रविचन्द्र आश्विनले १-१ विकेट लिए । जितसँगै हैदराबादले १२ खेलमा १० अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);