आईपीएलः सनराइजर्स हैदराबादकोे पहिलो जित, १५ रनले दिल्ली क्यापिटल्स पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आईपीएलः सनराइजर्स हैदराबादकोे पहिलो जित, १५ रनले दिल्ली क्यापिटल्स पराजित

एजेन्सी, १४ असोज । जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ ।

मंगलबार राति युएईको अबुधाबीस्थित शेख जायद स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको हो ।

हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।

दिल्लीका शिखर धवनले ३४, ऋषब पन्तले ३२, शिम्रन हिटमायरले २१ रन जोड्दा कप्तान श्रेयस आयरले १७ रन बनाए भने कागिसो राबडा १५ रनमा अविजित रहे । दिल्लीलाई सस्तैमा समेट्न राशिद खानले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

हैदराबादका लागि जोनी बेयर्स्टोले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान डेभिड वार्नरले ४५ रन जोड्दा केन विलियम्सनले ४१ रन बनाए । अब्दुल समाद १२ रनमा अविजित रहदा मनिस पाण्डे ३ रनमा आउट भए । दिल्लीका लागि अमित मिश्रा र कागिसो राबडाले २÷२ विकेट लिए । जितसँगै हैदराबादले ३ खेलमा २ अंक जोडेको छ । छैटौं स्थानमा रहेको हैदराबाद अघिल्ला दुई खेलमा पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);