ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादको जित

एजेन्सी । ईन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबाद जित निकालेको छ । सोमबार राति भएको खेलमा हैदराबादले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । हैदराबादको जितमा डेब्यु खेलाडी जासन रोयले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान केन विलियम्सनले अविशेक शर्माले अविजित रहदै क्रमस ५१ र २१ रन बनाए भने, रिद्दिमान साह १८ रनमा आउट भए ।

राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक÷एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२, याशभी जैसवालले ३६ रन जोड्दा महिपाल लोम्रोरले अविजित २९ रन बनाए । हैदराबादका सिद्दार्थ कउलले दुई विकेट लिए । जितसँगै हैदराबादले लिगमा दोस्रो जित निकाल्दै १० खेलमा ४ अंक जोडेको छ । राजस्थान १० खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);