इपिएल क्रिकेट : वर्षाका कारण रोकिएका दुबै खेल फेरि खेलाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

इपिएल क्रिकेट : वर्षाका कारण रोकिएका दुबै खेल फेरि खेलाइने

काठमाडौं ।  एभरेस्ट प्रिमियर लिग (इपिएल) को तेस्रो दिन वर्षाका कारण रद्द भएका दुबै खेल पुनः खेलाइने भएको छ ।  आयोजकले दुबै टोली र प्राविधिक टोलीसँग वार्ता गर्दै दुबै खेल पुनः खेलाउने निर्णय लिएको हो । 

यसअघि सोमबार तय भएको काठमाडौं किङ्स इलेभन र विराटनगर वारियर्स तथा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्सबीचको खेल रद्द भएकाे थियाे । काठमाडौं र विराटनगरबीचकाे खेल टस नै नभई रद्द भएको थियो भने चितवन र भैरहवाबीचकाे खेल  टस समयमा वर्षा भएपछि रद्द गरिएको थियो ।

नयाँ खेल तालिका अनुसार आयोजकले दिवा खेलमा भएको दुई दिनलाई मिलाएर बिहानी दुई खेल थप गरेको हो ।  अब काठमाडौं र विराटनगरबीचको खेल शुक्रबार  बिहान साढे बजे हुनेछ भने चितवन र भैरहवाबीचको खेल शनिबार साेही समयमा हुनेछ ।

इपिएलको चौथो दिन मंगलबार काठमाडौं र पोखरा राइजोन भिड्दैछन् । खेल मध्याह्न सवा १२ बजे सुरु हुनेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);