काठमाडौं र पोखराको खेल पुनः वर्षाका कारण रद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं र पोखराको खेल पुनः वर्षाका कारण रद्ध

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि ट्वान्टी अन्तर्गत चौथो दिनको खेल समेत वर्षाले रद्ध भएको छ ।

मंगलबार तय भएको काठमाडौं किङ्स इलेभन र पोखरा राईनोजबीचको खेल वर्षाका  कारण रद्ध भएको हो । खेलमा टससमेत हुन पाएन । 

विगत तीन दिनदेखि परेको पानीको कारण मैदान ओसिलो हुन पुग्दा ईपीएलको चौथो दिनको खेलसमेत हुन नसकेको हो । 
खेल पुनः खेलाइने वा नखेलाइने निर्णय भएको छैन । 

यसअघि सोमबारको दुबै खेल बर्षाको कारण रद्ध भएका थिए । ती खेलहरु अर्काे दिन खेलाइने भएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);