पहिलो जितसँगै पाेखरा शीर्षस्थानमा, ललितपुर ९ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पहिलो जितसँगै पाेखरा शीर्षस्थानमा, ललितपुर ९ विकेटले पराजित

काठमाडौं । पोखरा राइनोजले एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ढिला गरि सुरु भएको ७ ओभरको खेलमा ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गर्दै पाेखरा शीर्षस्थानमा उक्लिएकाे हाे । 

५२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको पोखराले ६ ओभरमा ३ बलमा ९ विकेट गुमाउँदै ५५ रन बनाएको हो ।  पोखराको पहिलो जितमा रिचार्ड लेभीले सर्वाधिक ३८ रन बनाए । अविजित रहेका लेभीले २२ बलमा ५ चौका  र १ छक्का हिर्काएका थिए । 

यता, रित गौतमले १४ बलमा १२ रन जोडे । उनले १ चोका प्रहार गरेका थिए । 

ललितपुरका अज्मतुल्लाह ओमार्जाईले एक विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको थियो ।  ललितपुरका लागि विकेट किपर सन्दुन विराक्कोडीले सर्वाधिक १९ रन बनाए । १६ बल खेलेका सन्दुनले १ चौका र १ छक्का प्रहार गरे । यता, ओशाडा फर्नान्डोले १० रन बनाउँदा नारायण जोशीले ११ रन बनाए । 

यता, टस जितेर बलिङ गर्ने निर्णय लिएको पोखराको लागि नन्दन यादवले सर्वाधिक ३ विकेट लिए । २ ओभर बलिङ गरेका यादवले ११ रन खर्चिएका थिए । यस्तै विक्रम सोबले २ विकेट लिए । २ ओभर बलिङ गरेका विक्रमले ११ रन खर्चिएका थिए । यस्तै केश्रीक विलियमले १ विकेट लिएका थिए । 

यसअघि विहान ९ः३० बजे सुरु हुनुपर्ने खेल मैदान ओसिलो हुँदा निर्धारित समयभन्दा निकै ढिला गरि टस भएको थियो । 

जितसँगै पोखराले महत्वपूर्ण २ अंक जोडेको छ । उसको २ खेलबाट ३ अंक रहेको छ र शीर्षस्थानमा समेत उक्लिएकाे छ ।  यसअघि पोखराले भैरहवासँग वर्षाले खेल प्रभावित हुँदा अंक बाढेको थियो । 

यता, लतिलपुरको भने यो दोस्रो हार हो । ललितपुर यसअघि उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेनसँग पराजित भएको थियो । ललितपुर २ खेलबाट तालिकामा खाता खोल्न नसकेर पुछारमा रहेको छ । 

विगत तीन दिनदेखि लगातारको वर्षाले मैदानको आउट फिल्ड पूर्ण रुपमा भिजेको हुँदा बुधबारलाई तय भएको पोखरा राईनोज र ललितपुर प्याट्रियट्सबीचको खेल ७ ओभरमा झारिएको हो । 

यसअघि प्रतियोगिताको दोस्रो, तेस्रो र चौथो दिनसमेत वर्षाको कारण अवरुद्ध भएको थियो । दोस्रो दिनको दोस्रो खेलमा पोखरा र भैरहवाबीचको खेल ११ ओभर जारी रहँदा रद्ध भएको थियो । 

यस खेलमा भने दुबै टोलीले अंक बाँडेका छन् । यसअघि काठमाठौं र विराटनगर तथा भैरहवा र चितवनबीचको तेस्रो दिनको दुबै खेलसमेत वर्षाको कारण रद्ध हुँदा अर्काे मिति तोकिएको थियो । 

हिजो (मंगरबार)समेत पोखरा र काठमाडौं किङ्स इलेभनबीचको खेल बर्षाकै कारण रद्ध भएको थियो । 

आज नै हुने दोस्रो खेलमा भैरहवा र विराटनगर वारिवर्सबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);