ललितपुर मेयर्स कपबाट बाहिरियो ललितपुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ललितपुर मेयर्स कपबाट बाहिरियो ललितपुर

काठमाडौं । ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्स–११ मधेस प्रदेशसँग १ विकेटले पराजित भएसँगै बाहिरिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा मधेसले ललितपुरलाई १ विकेटले पराजित गरेसँगै बाहिरिएको हो । ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेसले १९.२ बलमा ९ विकेट गुमाएर पूरा गर्दा मधेसले रोमाञ्चक जित निकालेको हो ।

मधेसका लागि सरस्वती चौधरीले ३२ रन बनाइन् । ओपनर अलिशा यादवले सर्वाधिक १६ रन बनाइन् । सिमा कँुवरले १५ रन बनाईन । ललितपुरका लागि सोनी पाख्रिन र कृतिका मरासिनीले समान २÷२ तथा कप्तान अस्मिना कर्माचार्य र मनिशा उपाध्यायले समान १÷१ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स–११ ले २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको थियो । ललितपुरका लागि सोनी पाख्रिनले सर्वाधिक ३४ रन बनाउँदा सोनीले ४३ बलमा ३ चौकाको सहयोगमा ३४ रनको पारी खेलिन् । लक्ष्मी चौधरीले २७ बलमा २३ रन बनाउँदा श्रृष्टि जैशीले अविजित १५ रन बनाइन् । मधेसका लागि सरस्वती कुमारीले २ तथा रोजी कडारी, अनुराधा चौधरी र कप्तान कविता गौतमले समान १÷१ विकेट लिइन् ।

प्रतियोगिता अन्तर्गत सोमवार नै भएको अर्को खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित ग¥यो । सुदूरपश्चिमले दिएको ८३ रनको लक्ष्य कोशीले १५.३ ओभरमा १ विकेट गुमाएर भेटाएको हो । जवाफी ब्याटिङ गर्ने क्रममा काजल श्रेष्ठले अविजित ४० तथा अप्सरी बेगमले अविजित ४ रनको पारी खेले । यसअघि कप्तान रुबिना क्षेत्रीले २८ रनको योगदान गरेकी थिइन् । एक मात्र विकेट कवित जोशीले लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.५ ओभरमा सबै विकेट गुमाएर मात्र ८२ रन जोडेको थियो । सुदूरपश्चिमका लागि कप्तान बिन्दु रावलले ३० रन बनाउँदा सम्झना खड्काले १६ तथा रितु कनोजियाले १३ रनको पारी खेलिन् । सुदूरपश्चिमका पाँच खेलाडी शुन्यमा पवेलियन फर्किएका थिए । बलिङतर्फ रुबिना क्षेत्री र अप्सरी बेगमले समान ३÷३ विकेट लिए । ज्योती दनुवारले १ विकेट निकालिन् । प्रतियोगितामा मंगलवार एपिएफ क्लव र ललितपुर मेयर्स–११ तथा कोशी र मधेस प्रदेशबीच खेल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);