ललितपुर मेयर्स कपः उपाधिका लागि एपिएफ र कोशी भिड्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ललितपुर मेयर्स कपः उपाधिका लागि एपिएफ र कोशी भिड्ने

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपिएफ र कोशी प्रदेश भिड्ने भएका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा कोशी प्रदेशले मधेस प्रदेशलाई ६२ रनले र एपिएफले अन्तिम खेलमा ललितपुरलाई ३७ रलने पराजित गरेसँगै उपाधिका लागि भिड्ने टोलीको टुङ्गो लागेको हो । जितपछि कोशीले चार खेलबाट ६ अंक बनायो । कोशी दोस्रो स्थानमा अटाएर फाइनलमा पुग्न सफल भयो भने एपिएफले लिग चरणका सबै खेलमा सुखद् नतिजा निकाल्यो । एपिएफले तालिकामा ८ अंक बनाउँदै शीर्ष स्थानमा रह्यो ।

लिग चरणको अन्तिम खेलमा मंगलवार कोशी प्रदेशले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको मधेस प्रदेशले ूुरै ओभर ब्याटिङ गरे पनि ९ विकेट गुमाएर मात्र ४३ रन बनाउने सक्यो । मधेसका लागि सरस्वती कुमारीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । तीन खेलाडी शुन्य र दुई खेलाडी रन आउट भएका थिए । कसिलो बलिङ गर्ने क्रममा कोशी प्रदेशका निशा शाह, कप्तान रुबिना क्षेत्री र अलिशा खडियाले समान दुई÷दुई तथा सबनम राईले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५ रनको येगफल तयार पारेको थियो । कोशीका लागि रुबिना क्षेत्रीले ३९, काजल श्रेष्ठले २२, अप्सरी बेगमले १९ र स्मृती कटुवालले १० रन जोडे । पहिलो विकेटका लागि रुबिना र काजलले ४० रनको साझेदारी गरेका थिए । मधेसका लागि अमिरन निशा, सन्तोषी चौधरी र अमिषा पटेलले समान दुई÷दुई विकेट लिए । यसअघि ललितपुर मेयर्स–११ लाई सात तथा सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएको कोशी विभागीय टोली नेपाल एपिएफ क्लवसँग सात विकेटले पराजित भएको थियो ।

प्रतियोगिता अन्तर्गत मंलवार नै भएको दिनको पहिलो खेलमा एपिएफले ललितपुर मेयर्स–११ लाई ३७ रनले पराजित अपराजित यात्रालाई चौथो खेलमा पनि निरन्तरता दिएको छ । शतप्रतिशत जित निकालेको साविक विजेता एपिएफ आठ अंकका साथ फाइनल प्रवेश गर्दा चारै खेलमा पराजय व्यहोरेको ललितपुर अंकबिहीन रह्यो । एपिएफले प्रश्तुत गरेको १ सय ११ रनको लक्ष्य पछ्याएको ललितपुरले पूरै २० ओभर ब्याटिङ गरेपनि आठ विकेट गुमाउँदै मात्र ७३ रन बनाउन सक्यो । ललितपुरका लागि सोनी पाख्रिनले सर्वाधिक १५ तथा लक्ष्मी चौधरी र सीमा केसीले समान १०÷१० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । ललितपुरलाई सस्तैमा समेट्ने क्रममा एपिएफका लागि राजमती ऐरी र बिनु बुढा मगरले समान दुई तथा इन्दु बर्मा, कप्तान सीता राना मगर र सुष्मा श्रेष्ठले समान एक÷एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले पूरै २० ओभरमा ६ विकेट गुमाएर १ सय १० रन बनाउन सक्यो । एपिएफका लागि राजमती ऐरीले ५२ बलमा चार चौकाको मद्दतमा अविजित ४१ रनको पारी खेल्दा कप्तान सीता राना मगरले १९ र बिनुु बुढा मगरले १२ रन जोडे । यस बाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । ललितपुरका लागि सीमा केसी र श्रृष्टि जैसीले समान दुई÷दुई तथा मनिषा उपाध्याय र सोनी पाख्र्रिनले समान एक÷एक विकेट लिए ।

एपिएफले यसअघि मधेस प्रदेशलाई १० विकेट, सुदूरपश्चिम प्रदेशलाई १५ रन तथा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो । यसैगरी यसअघि ललितपुरले सुदूरपश्चिमसँग ५१ रन, कोशीसँग सात तथा मधेससँग एक विकेटको पराजय ब्यहोरेको थियो । फाइनल खेल बिहीवार हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);