ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा प्रदेश एकद्वारा ललितपुर मेयर्स पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा प्रदेश एकद्वारा ललितपुर मेयर्स पराजित

काठमाडाैं, २६ चैत । ललितपुर मेयर कप महिला टी–२० क्रिकेटमा बिहीवार भएको खेलमा प्रदेश एकले ललितपुर मेयर्स–११ लाई हराएको छ । लिगको अन्तिम खेलमा प्रदेश एकले मेयर्स– ११ लाई १५ रनले हराएको हो ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय २८ रन बनायो । प्रदेश एककी रोमा थापाले अविजित ६६ रन बनाइन् । ललितपुरकी सन्तोषी चौधरी र सरस्वती कुमारीले एक/एक विकेट लिए ।

एक सय २९ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १३ रन बनाउन सक्यो । मेयर्स– ११ का लागि अनुराधा चौधरीले सर्वाधिक २८ रन बनाइन् । प्रदेश एककी रुविना क्षेत्रीले तीन विकेट लिइन् ।

जितसँगै प्रदेश एकले प्रतियोगितामा सुखद अन्त्य गरेको छ । प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम र एपीएफ आउँदो शनिबार खेल्नेछन् । प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);