आरबीबी–एनभीए नेसनल मेन क्लव लिग भलिबलको उपाधि टीटीएचलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आरबीबी–एनभीए नेसनल मेन क्लव लिग भलिबलको उपाधि टीटीएचलाई

काठमाडौं, २६ चैत । आरबीबी–एनभीए नेसनल मेन क्लव लिग भलिबल–२०७७ को उपाधि टीटीएच हेल्प नेपालले जितेको छ ।

आज भएको फाइनल खेलमा टीटीएचले एपीएफलाई २५–१४, २५–२० र २५–२२ को सोझो सेटले हराएको हो । जितसँगै उसले तीन लाख रुपैँया हात पारेको छ ।

खेलको उपविजेता बनेको एपीएफले १ लाख ५० हजार रुपैँया जितेको छ । विजेता टिम तथा खेलाडीले ट्रफी, मेडल प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।

आरबीबी–एनभीए नेसनल मेन÷ओमेन क्लव लिग भलिबल अन्तर्गत महिला तर्फको खेल भने आजबाट सुरु भएको छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);