आरबीबी एनभीए भलिबलमा एपिएफको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

आरबीबी एनभीए भलिबलमा एपिएफको विजयी सुरुवात

RBB NVA volleyball

काठमाडौं, ३ माघ । विभागीय टिम नेपाल एपीएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला–पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रबार भएको खेलमा रारा बुलबुले क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो । पहिलो सेट गुमाएको एपीएफले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।

एपीएफले खेलमा पहिलो सेट २३–२५ ले गुमाएको थियो । तर, त्यसपछिका तीन सेट लगातार २५–१२, २५–२० र २५–१८ ले जित्दै एपीएफले खेल आफ्नो बनाउन सफल भयो ।

जितसँगै समूह ’बी’ मा रहेको एपीएफ क्वाटरफाइनल नजिक पुगेको छ । एपीएफले १ खेलमा २ अंक जोडेको छ ।

प्रतियोगिताको पुरुषतर्फ ११ टिमको सहभागिता रहेको छ । महिलातर्फ ७ टिमको सहभागिता रहेको छ । माघ १० गतेसम्म चल्ने प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);