राष्ट्रिय भलिवल : महिलातर्फ न्यु डायमन्ड जितविहीन  | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

राष्ट्रिय भलिवल : महिलातर्फ न्यु डायमन्ड जितविहीन 

काठमाडौं । साविक विजेता न्यु डायमन्ड एकेडेमी जारी एनभीए राष्ट्रिय महिला तथा पुरुष लिगमा जितविहीन भएको छ । बिहीबार राखेप कभर्डहलमा भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग सोझो सेटमा पराजित भएसँगै न्यु डायमन्ड जितविहीन भएको हो ।

प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा एपीएफले न्यु डायमन्डलाई २५-१९, २५-१०, २५-९ को सेटमा हरायो । डायमन्डको यो लगातार चौथो हार हो । प्रतियोगितामा चार खेल खेलेको एपीएफले एक हार र तीन खेलमा जित निकाल्दै ९ अंक जोडेको छ । यता, समान खेल खेलेको डायमन्डले एक अंक मात्र जोडेको छ र उपाधि रक्षा गर्ने अवसर गुमाएको छ । पाँच टिमको सहभागिता भएको प्रतियोगितामा एपीएफसँगै नेपाल पुलिस क्लबले पनि समान ९ अंक नै जोडेको छ । त्रिभुवन आर्मीको तीन खेलबाट ६ अंक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);