मच्छिन्द्रको अपराजित यात्रामा हिमालयनले लगायो पूर्णविराम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मच्छिन्द्रको अपराजित यात्रामा हिमालयनले लगायो पूर्णविराम

machhindra vs sherpa

काठमाडौं, ३ माघ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लब पराजित भएको छ । शुक्रबार भएको खेलमा मछिन्द्र हिमालयन शेर्पा क्लबसँग २–० गोल अन्तरले पराजित भएको हो ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्र पराजित भएको हो । उपाधि दाबेदार मछिन्द्रको लिगमा यो पहिलो हार हो । शेर्पासँगको हारसँगै मछिन्द्रको अपराजित यात्रामा समेत पूर्णबिराम लागेको छ ।

बल पोजिसनमा पकड जमाएपनि मछिन्द्रले पहिलो मिनेटमै गोल खाएको थियो । खेलको पहिलो मिनेटमा पिटर सेगुनले आत्मघाती गोल गर्दा शेर्पाले १–० को अग्रता बनाएको थियो । त्यसपछि खेलको २० औं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै शेर्पालाई २–० को जित दिलाए ।

मछिन्द्रलाई हराएरसँगै शेर्पाले लिगमा पहिलो जित निकालेको छ । जितसँगै शेर्पाले ७ खेलमा ७ अंक जोडेको छ । शेर्पा लिगको नवौं स्थानमा समेत उक्लिएको छ । शेर्पाले यस अघि दुई खेलमा हार व्यहोर्दा ४ खेल बराबरी खेलेको थियो ।

मछिन्द्रले ७ खेलमा १३ अंक जोडेको छ । मछिन्द्र शीर्ष स्थानमा यथावत रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);