ए डिभिजन लिग : ब्रिगेड ब्वाइज, संकटा र अार्मी बिजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ए डिभिजन लिग : ब्रिगेड ब्वाइज, संकटा र अार्मी बिजयी

army

काठमाडौं, ७ मंसिर । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबले पहिलो जित निकाल्ने क्रममा एपिएफलाई ३–१ ले पराजित गरेको छ । खेलको ६० औं मिनेटमा रुपबाहादुर रानाको गोलबाट अग्रता लिएको सशस्त्रले अग्रता जोगाउन नसक्दा हार ब्यहोर्यो ।

केही समयपछि नै ब्रिगेडका मनोज राईले फ्रिकिममार्फत उत्कृष्ट गोल गरेका थिए। ६९ औं मिनेटमा ब्रिगेडले २–१ को अग्रता बनायो । ताजुदिनले ब्रिगेडका लागि दोस्रो गोल गरे । ७६ औं मिनेटमा ब्रिगेडले तेस्रो गोल गर्न सफल भयो। एपिएफ ८९ मिनेटमा १० खेलाडीमा सीमित भयो। एपिएफका विश्वास उदासलाई रेफ्रीले सिधा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

यसअघिका दुवै खेलमा पराजित भएको ब्रिगेड पहिलो जित हात पारेसँगै अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ । एपिएफले यसअघिका २ मध्ये १ खेलमा जित र १ खेलमा बराबरी खेलेको थियो।

यता शुक्रबारनै भएको खेलमा त्रिभुवन आर्मी क्लबले पुलिस क्लबलाई १–० गोलले पराजित गरेको छ ।खेलको ३० औं मिनेटमा टेकबहादुर बुढाथोकीले गरेको गोल नै निर्णयक गोल बन्यो ।

जारी लिगमा आर्मीको यो दोस्रो जित हो। पहिलो खेलमा न्युरोड टिम एनआरटीसँग २–२ गोलको बराबरीमा रोकिएको आर्मीले दोस्रो खेलमा च्यासल युथ क्लबलाई १–० गोलले पराजित गरेको थियो । जितसँगै आर्मी ३ खेलबाट ७ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

त्यस्तै सिएमजी संकटा क्लबले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा मछिन्द्र क्लबलाई २ – ० ले पराजित गर्दै संकटाले अपराजित यात्रा कायम राखेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);