आइसीसी महिला टी –२० बिश्वकप क्रिकेट: इङल्याण्डद्धारा भारत ८ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आइसीसी महिला टी –२० बिश्वकप क्रिकेट: इङल्याण्डद्धारा भारत ८ विकेटले पराजित

icc t20

काठमाडौं, ७ मंसिर । आईसीसी महिला टी–२० विश्वकपको उपाधिका लागि इंग्ल्याण्ड र अष्ट्रेलिया खेल्ने भएका छन् ।

शुक्रबार भएको सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई ८ विकेटले हरायो भने अष्ट्रेलियाले वेष्ट इन्डिजलाई ७१ रनले पाखा लगायो । टस जितेर पहिले ब्याटिङ गरेको भारत १९ ओभर तीन बलमा एक सय १२ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । राम्रो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो ।तर त्यसपछि उसले एक सय रन पार गर्दा अरु सात विकेट गुमायो ।

icc t20

भारतका लागि तानीया भाटियाले ११ रन बनाइन् भने स्मृति मन्दानाले ३४ रनको योगदान गरिन् । यस्तै जेमिमा रोद्रिगुइजले २६ रन बनाउदा हरप्रित कौरले १६ रन जोडिन् । तर त्यसपछिका खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । उपाधिको बलियो दावेदार भारत सस्तैमा खुम्चिन पुग्यो । बलिङतर्फ इंग्ल्याण्डका लागि हिथर नाइटले तीन तथा क्रिस्टि गोरडोन र सोफिले दुई दुई विकेट लिए ।

जवाफमा खराब सुरुवात गरेपनि इंग्ल्याण्डले १७ ओभर एक बलमा दुई विकेट गुमाउदै लक्ष्य पूरा गर्यो। चार रनमा पहिलो विकेट गुमाएको इंग्ल्याण्डले २४ रनमा दोस्रो विकेट खेर फाल्यो । तर त्यसपछि एमी जोन्स र नाटालीया सिभेर दुबैले अर्धशतक बनाउँदा इंग्ल्याण्डले सहज जित हात र्पयो । एमीले ५३ तथा नाटालीयाले ५२ रन बनाइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);