इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी

७ माघ, काठमाडौँ । इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । बिहीबार बेलुका सकिएको खेलमा घरेलु टोली भारतले इंग्ल्याण्डलाई १५ रनले पराजित भएको छ ।

इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी

७ माघ, काठमाडौँ । इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । बिहीबार बेलुका सकिएको खेलमा घरेलु टोली भारतले इंग्ल्याण्डलाई १५ रनले पराजित भएको छ । भारतले प्रस्तुत गरेको तीन सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा तीन सय ६६ रन मात्रै बनायोे ।

उसका लागि कप्तान इयोन मोर्गानले एक सय दुई तथा ज्यासन रोयले ८२ रन बनाए । यस्तै माइन अलीले ५५ र जोए रुटले ५४ रन बनाए पनि हार टार्न सकेनन् । भारतका रविचन्द्रन आश्विनले तीन तथा जसप्रित बुमराहले दुई विकेट लिए । पहिले व्याटिङ गरेको भारतले युवराज सिंह र महेन्द्र सिंह धोनीको शतकको मद्दतमा तीन सय ८१ रन बनायो ।

युवराजले एक सय ५० तथा धोनीले एक सय ३४ रन बनाए । इंग्ल्याण्डका क्रिस वोक्सले चार तथा लिएम प्लुनकेट्टले दुई विकेट लिए । तीन एक दिवसीयको श्रृँखलामा लगातार दुई खेल जित्दै भारतले श्रृँखला आफ्नो पक्षमा पारेको छ । विराट कोहलीको कप्तानीमा खेलेको भारतले पहिलो एक दिवसीयमा इंग्ल्याण्डलाई तीन विकेटले हराएको थियो । भारत र इंग्ल्याण्डबिच दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेट पनि हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);