एकदिवसीय क्रिकेटमा श्रीलंका विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एकदिवसीय क्रिकेटमा श्रीलंका विजयी

एजेन्सी । घरेलु टिम श्रीलंकाले तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ ।

कोलम्बोमा शुक्रबार राति भएको खेलमा श्रीलंकाले भारतलाई डीएल पद्दतिको आधारमा ३ विकेटले हराएको हो । तेस्रो खेलमा पराजित भएपनि भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ । यस अघिको दुई खेलमा भारत विजयी भएको थियो ।

भारतले दिएको २ सय २७ रनको लक्ष्य श्रीलंकाले ३९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । श्रीलंका अभिस्का फर्नान्डोले ७६, भानुका राजपाक्षेले ६५ रन बनाए । भारतका राहुल चाहरले ३ तथा चेतन शकरियाले २ विकेट लिए ।

यस अघि वर्षाको कारण ४७ ओभरमा झारिएको खेलमा भारतले ४३ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय २५ रन बनाएको थियो । तर, डीएलको आधारमा श्रीलंकाले २ सय २७ रनको नयाँ लक्ष्य पाएको थियो ।

भारतका लागि पृथ्वी शले ४९, सन्जु सामसनले ४६र सूर्यकुमार यादवले ४० रन जोडे । श्रीलंकाका अकिला धनन्जय र प्रविन जयविक्रमाले ३÷३ विकेट लिए । दुश्मान्था चामिराले २ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);