पहिलो एकदिवसीयमा क्रिकेटमा श्रीलंकाद्वारा दक्षिण अफ्रीका पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पहिलो एकदिवसीयमा क्रिकेटमा श्रीलंकाद्वारा दक्षिण अफ्रीका पराजित

एजेन्सी । घरेलु टिम श्रीलंकाले पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीकालाई पराजित गरेको छ ।

कोलम्बोमा बिहीबार राति श्रीलंकाले दक्षिण अफ्रीकालाई १४ रनले पराजित गरेको हो । यस जितसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १–० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो खेल शनिबार हुनेछ ।

श्रीलंकाले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८६ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रीकाका लागि एडिन मार्क्रमले ९६ रनको अर्धशतकीय इनिङ्स खेले भने यस्तै रस्सी भान डेर डुसेनले ५९ रन जोड्दा हेन्रिच क्लासेनले ३६ रन बनाए ।

कप्तान टेम्बा बाभुमा ३८ रन जोड्दा रिटायर्ड हर्ट भए । श्रीलंकाका अकिला धनन्जयले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन जोडेको थियो ।

श्रीलंकाका अभिस्का फर्नान्डोले १ सय १८ रनको शतकीय इनिङ्स खेले भने चारिथ असालंकाले ७२ रन जोड्दा धनन्जय डी सिल्भाले ४४ रन बनाए । दक्षिण अफ्रीकाका कागिसो राबडा र केशव महाराजले २/२ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);