१३औं साग : पुरुष क्रिकेटमा श्रीलंकाले नेपाललाई ६ विकेटले हरायो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

१३औं साग : पुरुष क्रिकेटमा श्रीलंकाले नेपाललाई ६ विकेटले हरायो

काठमाडौं, १७ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल श्रीलंकासंग पराजित भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल श्रीलंकासंग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ७३ रनको लक्ष्य श्रीलंकाले निर्धारित २० ओभरको खेलमा ५ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा ग-यो ।

श्रीलंकाको जितमा शाम्मु अशानले ७२ र निशान मदुश्काले ४६ रन बनाए । नेपालका पवन सर्राफले २ विकेट लिए । यो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रनको योगफल तयार पारेको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ७२ रन बनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);