साग फुटबलमा नेपालको शानदार सुरुवात, भुटान ४-० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साग फुटबलमा नेपालको शानदार सुरुवात, भुटान ४-० ले पराजित

SAG nepal vs bhutan

काठमाडौं, १७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत पुरुष फुटबलमा नेपालले शानदार सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गरेर नेपााले शानदार सुरुवात गरेको हो ।

नेपालको जितमा कप्तान सुजल श्रेष्ठले दुई तथा अबिशेक रिजाल र मिक्छेन तामाङले एक एक गोल गरे । जितसँगै नेपालले १ खेलमा ३ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ ।

भुटानले बिहिबार माल्दिभ्ससँग खेल्नेछ । पहिलो खेलमा भुटानले बंगलादेशलाई १–० ले हराएको थियो । राउण्ड रोबिनको आधारमा हुने पुरुष फुटबलमा शीर्ष दुई टिमले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);