बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डको विजयी सुरुवात

जेन्सी बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा विजयी सुरुवात गरेको छ ।

शनिबार राति भएको खेलमा फ्रान्कफर्टलाई ५–२ गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद सुरुवात गरेको हो । डर्टमण्डको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे भने मार्को रिउस, थोर्गन हाजार्ड र जियोभान्नी रियनाले एक एक गोल गरे ।

फ्रान्कफर्टका जेन्स पिटरले एक गोल फर्काए भने फेलिक्सले आत्मघाती गोल गरेका थिए । जितसँगै डर्टमण्डले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ ।

फ्रान्कफर्टले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);