इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई हराउँदै चेल्सीको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई हराउँदै चेल्सीको विजयी सुरुवात

एजेन्सी इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ ।

शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई ३–० गोल अन्तरले पराजित गर्दै चेल्सीले नयाँ सिजनको सुखद सुरुवात गरेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन मार्कोस अलन्सो, क्रिस्टियन पुलिसिच र त्रिभो चालोबाहले एक एक गोल गरे ।

स्टामफोर्ड ब्रिजमा खेलको २७ औं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै ४० औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीको अग्रता २–० को बनाए । त्यसपछि खेलको ५८ औं मिनेटमा चालोबाहले गोल गर्दै चेल्सीलाई ३–० को सहज जित दिलाए ।

जितसँगै चेल्सीले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);