इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीे विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीे विजयी

एजेन्सी, ३० भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले विजयी सुरुवात गरेको छ ।

ब्राइटनको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीले ब्राइटनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा जोर्गिन्हो, रिस जेम्स र कर्ट जुमाले गोल गरे । घरेलु टोलीका लियान्ड्रो ट्रोसार्डले एक गोल फर्काएका थिए । खेलमा चेल्सीले २३ औं मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ५४ औं मिनेटमा ब्राइटनका लियोनार्दो टोसार्दले गोल गर्दै बराबरी गरेका थिए ।

५६ औं मिनेटमा रेसी जेम्सले गोल गरेपछि चेल्सीले पुनः अग्रता लिन सफल भयो । ६६ औं मिनेटमा कुर्ज जुमाले गोल गरेपछि ३–१ को अग्रता सहित अघि बढ्यो । त्यसपछि थप गोल नभएपछि चेल्सी विजयी हुँदै स्पष्ट ३ अंक लिन सफल भयो ।

यस्तै गएराती नै सम्पन्न अर्को खेलमा वुल्भसले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);