ईग्लिस प्रिमियर लिग: चेल्सीद्वारा फुलह्याम पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

ईग्लिस प्रिमियर लिग: चेल्सीद्वारा फुलह्याम पराजित

chelsea

काठमाडौं, २० फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले फुलहृयामलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा चेल्सीले उसैको मैदानमा फुलहृयामलाई २–१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा गोन्जालो हिगुइन र जोर्गिन्होले गोल गरे । यता फुलहृयामका लागि कलम च्याम्बर्सले गोल फर्काएका थिए । तीनै गोल पहिलो हाफमा भएको थियो । हिगुइनले २० औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । फुलहृयामका लागि २८ औं मिनेटमा च्याम्बर्सले १–१ गोलको बराबरीमा पुर्याएका थिए ।

३१ औं मिनेटमा जोर्गिन्होले गोल गरेपछि पहिलो हाफसम्म चेल्सीले २–१ को अग्रता बनाएको थियो । पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको चेल्सीले आफ्नो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न सफल भयो । जितपछि २८ खेल खेलेको चेल्सीको ५६ अंक भएको छ । पराजित फुलहृयामको भने समान खेलबाट १७ अंक मात्रै छ । लिगअन्तर्गत नै भएको अर्को खेलमा लेष्टर सिटी वाटफोर्डसँग २–१ गोलअन्तरले पराजित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);