फागुन २९ गतेदेखी धनगढीमा प्रथम मुख्यमन्त्री कप खेलकूद प्रतियोगिता हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

फागुन २९ गतेदेखी धनगढीमा प्रथम मुख्यमन्त्री कप खेलकूद प्रतियोगिता हुने

mukhyamantri cup

कैलाली, १९ फागुन । सुदूरपश्चिम प्रदेशको धनगढीमा यही फागुन २९ गतेदेखी प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा फागुन २९ गतेदेखी चैत्र ३ गतेसम्म सातै प्रदेश स्तरीय खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्न लागिएको प्रादेशिक सामाजिक विकास मन्त्रालय सुदूर पश्चिम प्रदेश धनगढीले जनाएको छ ।

मन्त्रालयले आईतबार पत्रकार सम्मेलन मार्फत प्रतियोगितावारे जानकारी गराएको हो । प्रतियोगिता अन्तर्गत फुटबल, भलिबल, क्रिकेट र व्याडमिन्टन गरी चार विधाका खेलहरु खेलाईने सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए।

प्रत्येक प्रदेशबाट सबै विधाका ७८ खेलाडी, ७ प्रशिक्षक र ७ व्यवस्थापक गरेर जम्मा ६ सय ४४ जनाको सहभागीता रहनेछ । प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई मेडल तथा प्रमाणपत्र सहित जनही १० हजार पुरस्कार दिइने छ ।

सर्वाधिक स्वर्ण पदकका साथ प्रथम हुनेलाई नगद १५ लाख, द्वितीय हुनेलाई ८ लाख र तृतिय हुने प्रदेशलाई ५ लाख ट्रफी सहित पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा विभागीय टीमबाट खेल्दै आएका खेलाडीले समेत सम्बन्धित प्रदेशबाट सहभागीता जनाउन सक्नेछन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);