स्नेनिस ला लिगा फुटवल: वार्सिलोनाद्वारा रियल मड्रिड पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

स्नेनिस ला लिगा फुटवल: वार्सिलोनाद्वारा रियल मड्रिड पराजित

football

काठमाडौं, १९ फागुन । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई १–० गोल अन्तरले हराएको छ ।

जितसँगै लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १० अंकको अग्रता कायम गरेको छ । २६ खेलबाट बार्साले ६० अंक जोडेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ५० अंक छ । घरेलु मैदानमा पहिलो हाफमै खाएको एक गोल नै रियल मड्रिडले नतिजा बार्सिलोनलाई सुम्पिन बाध्य भयको थियो ।

खेलको २६ औं मिनेटमा सो निर्णायक गोल बार्साका लागि इभान रेकिटिकले गरेका थिए । एक साताबीचमा रियल बार्सिलोनासँग हारेको यो दोश्रो पटक हो । गत बुधबार स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलको दोश्रो लेगमा पनि रियल बार्सिलोनासँग हारेको थियो । पराजित भएपछि रियल लिगको तेश्रो स्थानमै रहन बाध्य भएको छ । रियल मड्रिडको २६ खेलबाट ४८ अंक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);