आहा-रारा गोल्डकपको उपाधि थ्री स्टारको पोल्टामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आहा-रारा गोल्डकपको उपाधि थ्री स्टारको पोल्टामा

पोखरा, १८ फागुन । पोखरा रंगशालामा भईरहेको १७औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ । आर्मीलाई सडेन डेथमा ५–४ गोल अन्तरले हराउँदै थ्री–स्टारले विजयी हासिल गरेको हो ।

सडेन डेथमा मिक्सन तामाङले गरेको गोलले थ्रीस्टारलाई विजयी गराएको थियो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा २–२ को गोल र पेनाल्टी सुटआउनमा ४–४ को बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो ।

कउपाधीसँगै थ्रिस्टारले आठ लाख एक हजार नगदसहित पुस्कार जितेको छ भने उपविजेता आर्मीले चारलाख एक हजार रुपैया र पुस्कार जितेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);