आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनल खेल आज हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनल खेल आज हुँदै

पोखरा, २४ चैत । पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनलमा खेल आज हुँदैछ ।

पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । दुई टिमबीच यसअघि आहा रारामा ७ खेलमा प्रतिस्पर्धा भएको छ ।

जसमा पुलिसले ६ खेल जितेको छ । थ्री स्टारले एक मात्र खेल जितेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ ।

यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);