चैत अन्तिमबाट जीतपुरसिमरा गोल्डकप हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चैत अन्तिमबाट जीतपुरसिमरा गोल्डकप हुने

बारा, २४ चैत । मोफसलका प्रतिष्ठित फुटबल प्रतियोगितामध्येको एक सिमरा गोल्डकपको एघारौं संस्करण चैत ३१ देखि सुरु हुने भएको छ ।

आयोजक नव जनजागृति युवा क्लबले मंगलवार बाराको सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता चैत्र ३१ गतेदेखि सुरु हुने जानकारी गराएको हो । दशौं संस्करणसम्म सिमरा गोल्डकपका नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यस वर्ष भने ‘जीतपुरसिमरा गोल्डकप’ नामाकरण गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को क्यालेन्डर अनुसार प्रतियोगिता २० गतेदेखि सुरु हुने भनिए पनि व्यवस्थापन तयारी नपुगेकाले खेल अनिश्चित बनेको थियो । सिमरा रंगशालामा हुने प्रतियोगितामा यस वर्ष ए डिभिजनका ६, आयोजक र मोफसलका ६ गरी १२ टिमको सहभागिता रहने छ ।

प्रतियोगिता यस वर्ष साँझको समयमा सञ्चालन हुने छ । त्यसका लागि मैदानमा फ्लड लाईट समेत जडान गरिएको आयोजना नव जनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाईकल वा स्कुटर प्राप्त गर्ने छन् ।

प्रतियोगिता अवधि भर उत्कृष्ट प्रदर्शन गर्ने गोल रक्षक, डिफेन्स, मिडफिल्ड, हाई स्कोरर फरवार्ड र प्रशिक्षकलाई जनही १५ हजार प्रदान गरिने छ । प्रत्येक खेलका म्यान अफ दिम्याचले ५ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको लागत अनुमान ७० लाख ५५ हजार रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);