ठेकेदारले सबै रकम बुझेपनि सिमरा रंंगशाला निर्माण अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ठेकेदारले सबै रकम बुझेपनि सिमरा रंंगशाला निर्माण अलपत्र

बारा, ६ फागुन । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको सिमरा रंगशालाको प्याराफिट निर्माण कार्य अलपत्र रहेको छ । राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्ने गरिएको सिमरा रंगशालाको प्याराफिट निर्माण कार्य अलपत्र छाड्ने ठेकदारले भने सम्पुर्ण भुक्तानी बापतको रकम लिइसकेको पाईएको हो ।

बाराको सिमरा स्थित रगंशालामा प्याराफिट निर्माणका लागि २०७२ सालमा ८२ लाखमा रिजन निर्माण सेवाले ठेक्का सम्झौता गरेको थियो । यस कम्पनीले १ वर्ष भित्र सम्पन्न गर्ने गरी निर्माण सम्झौता गरेपनि रङ्गशालालाई अलपत्र पारिदिएको र ठेक्काको कबोल बमोजिमको सबै रकम कम्पनीले भुक्तानी पाईसकेको जिल्ला फुटबल संघले जनाएको छ ।

निर्माणधीन २ वटा प्याराफिट मध्ये रिजन निर्माण सेवाले प्याराफिटमा रेलिङ्ग र सेफ्टी लगायतका काम अलपत्र छोडेको छ । भने , अर्को ठेकेदार कम्पनी सुमन निर्माण सेवाले ३५ देखि ४० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । सुमन निर्माण सेवा कलैयाले १ करोड ७० लाख रुपैयाँमा लिएको ठेक्का ३६ प्रतिशत कममा सकारे पनि कोरोना महामारीका कारण खेलकुद परिषद्ले रकम फिर्ता लगे पछि प्याराफिट निर्माणको काम अलपत्र परेको जनाएको छ ।

प्याराफिट निर्माण जिम्मा सकारेको रिजन निर्माण सेवाले रेलिङ्ग , सेफ्टी र प्याराफिटको रंगरोगन लगायतको निमाण गरेर हस्तान्तरण गर्नु पर्ने भएता पनि हाल सम्म रेलिङ्ग , सेफ्टी निर्माणको कार्य हुँन सकेको छैन ।

यस ठेकेदार कम्पनीले प्याराफिट निर्माणको अन्तिम बिलको भुक्तानी गत आर्थिक वर्ष मैं लिईसकेको बताईएको छ । अर्को ठेक्का कम्पनी सुमन निर्माण सेवाले २०७७ जेठ मसान्त भित्रै सक्नु पर्ने भिआईपी प्याराफिट निर्माणको काम कोभिडका कारण ढिलो भएको जनाएको छ ।

सिमरा रंगशालामा निर्माणाधीन २ वटा प्याराफिट अलपत्र अवस्थामा भए पछि अहिले सबैखाले प्रतियोगिता तथा खेलकुदको गतिविधि गर्न आयोजक संस्थाहरूलाई सकस भएको छ।

यस रगंशालामा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हुँदै आएको थियो । नव जनजागृती युवा क्लबले २०६६ साल देखि शुरू गरेको मोफसल कै सर्वाधिक लोकप्रिय राष्ट्रियस्तरको फुटबल प्रतियोगिता ‘सिमरा गोल्डकप’ गत वर्ष कोभिडका कारण हुँन सकेको थिएन ।

तर , यस वर्ष आयोजना गर्ने तयारी भईरहेको भएता रगंशालाको निमार्ण कार्यमा भएको ढिलाईले गर्दा सिमरा गोल्डकपलाई समेत असर पर्ने नव जनजागृती युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामाले बताए ।

रगंशालाको प्याराफिट निर्माण काम अधुरै रहेको तथा सहमति अनुसार काम नभएको बारा जिल्ला फुटबल संघका पूर्व महासचिव समेत रहेका शम्भुसिंह ठकुरीले बताए । उनले प्याराफिटमा रेलिङ राख्ने र प्याराफिटलाई सेफ्टी बनाउने काम नभएकाले भोलिका दिनमा कुँनै पनि खेलकुद प्रतियोगितात्मक कार्यक्रम सञ्चालनमा आएमा हेर्न आउँने दर्शक प्याराफिटमा बिना सेफ्टीमा बस्दा दुर्घटना जोखिम हुँने देखिएको र समय मैं प्याराफिट निर्माणको काम सम्पन्न नहुदाँ यो वर्ष पनि खेलकुद गतिविधि गर्न समेत समस्या रहेको बताए ।

१४ बिगाहा क्षेत्रफलमा फैलिएको यो खेलकुद मैदान बारा जिल्लाको सबै भन्दा ठूलो खेलमैदान हो । सिमरा रगंशालामा पार्किङ्ग , डिप बोरिङ्ग , सभाहल , ट्रेनिङ्ग हल निर्माण निम्ति राष्ट्रिय खेलकुद परिषद्ले आश्वासन दिएको भएता पनि कुँनै काम हुँन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);