महाकाली नदीमा निर्माणधीन तटबन्ध अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

महाकाली नदीमा निर्माणधीन तटबन्ध अलपत्र

mahakali nadhi

पुष्कर भट्ट,
कञ्चनपुर, ११ असार । महाकाली नदीमा निर्माणधीन तटबन्ध अलपत्र भएको छ । सरकार र ठेकेदारको चरम लापर्बाहीले तटबन्ध निर्माण अलपत्र भएको हो । तटबन्ध निर्माणमा ढिलाई हुँदा बाढीको जोखिम बढेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

बर्सेनि बाढीले धनजनको क्षति गरेपछि महाकाली नदीमा तटबन्ध बनाउन सुरु गरिएको थियो । गत बैसाखमा नै तटबन्ध निर्माणको काम सकिनु पर्ने भएपनि सरकार र ठेकेदार कम्पनिको लापर्बाहीले निर्माण कार्य रोकिएको छ । जनताको तटबन्ध कार्यालय कञ्चनपुरले महाकाली नदी नियन्त्रणका लागि चालु आर्थिक बर्षका लागि ५६ करोडमा तीन कम्पनीलाई ठेक्का दिएको् थियो । तर निर्माण कम्पनीले भुक्तानीको विषयलाई लिएर सम्झौता अनुसार काम गरेका छैनन् । भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले काम रोकेका छन् ।

भीमदत्त नगरपालिका ११ र १२ मा केएस कन्सष्ट्रक्सनले १३ करोडमा, राजेन्द्र जेभीले महाकाली नगरपालिका २ र ४ मा २६ करोडमा र नार्गाजुन रसुवा जेभीले भीमदत्त नगरपालिका १३ मा १७ करोडमा तटबन्ध बनाउने ठेक्का लिएका थिए । महाकाली तटीय क्षेत्रका स्थानीयले तटबन्ध निर्माणको माग गरेका छन् । जनताको तटबन्ध कार्यालय कञ्चनपुरले टेण्डर अनुसारको बजेट नआएका कारण ठेकेदारलाई रकम भुक्तानी गर्न नसकिएको बताएको छ ।

बजेट अपुगबारे अर्थमन्त्रालयलाई जानकारी गराउँदा पनि चासो नदिएको कार्यालयको भनाइ छ । बर्खा सुरु भएसँगै बाढीको जोखिम बढेकाले तत्काल तटबन्ध निर्माण प्रक्रिया अगाडि बढाउन स्थानीयले माग गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);