महाकाली नदीको तटबन्ध निर्माणमा ढिलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महाकाली नदीको तटबन्ध निर्माणमा ढिलाई

mahakali

बशुदेव बडू
दार्चुला, ३ जेठ
। महाकाली नदीमा तटबन्ध बनाउन सुरु गरेको ५ बर्षमा ७१ प्रतिशत काम सकिएको छ । ठेकेदार कम्पनीको लापरबाही र राज्यले चासो नदिएकाले निर्माणमा ढिलाई भएको हो । बर्षा सुरु भएसँगै बाढीको जोखिम बढेको भन्दै दार्चुला खलंगाका स्थानीय त्रसित भएका छन् ।

२०७० सालमा आएको बाढीले धेरै क्षति गरेपछि सरकारले तटबन्ध निर्माण सुरु गरेको हो । तर निर्माण सुरु भएको ५ बर्षमा पनि काम सकिएको छैन । अहिलेसम्म ७१ प्रतिशत काम सकिएको छ । ठेकोदार कम्पनीको लापरबाही र राज्यले चासो नदिएकाले निर्माणमा ढिलाई भएको स्थानीयको भनाइ छ । बर्षा सुरु भएसँगै दार्चुला सदरमुकाम खलंगाका स्थानीय त्रसित भएका छन् । तटबन्ध निर्माण नहुँदा बस्ती बाढीको जोखिममा परेको भन्दै स्थानीय त्रसित भएका हुन् ।

सम्बन्धित निकायले भने तटबन्ध निर्माण ढिलाई हुनुमा भूकम्प, भारतीय नाकाबन्दी र निर्वाचनलाई कारण देखाएको छ । निर्माणाधिन तटबन्धन कमसल बनाउँदा सम्पन्न नहुँदै नदीले कटान गरेकाले अनियमितता भएको आशंका स्थानीयको छ ।

निर्माण कार्य आर्थिक बर्ष २०७७-०७८ मा सम्पन्न गर्ने लक्ष्य छ । बर्षा सुरु भएसँगै बाढीको जोखिम बढेको भन्दै दार्चुला खलंगाकाबासीले छिटो तटबन्ध निर्माण गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);