नेपालका स्थानीय निकायको पत्र अटेर गर्दै दार्चुलाको गल्फै क्षेत्रमा भारतद्धारा एकतर्फी बाँध निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नेपालका स्थानीय निकायको पत्र अटेर गर्दै दार्चुलाको गल्फै क्षेत्रमा भारतद्धारा एकतर्फी बाँध निर्माण

दार्चुला, १९ चैत । दार्चुलाको महाकाली नगरपालिका वडा नं ५ को गल्फै क्षेत्रमा भारतले एकतर्फी रुपमा महाकाली नदीमा बाँध निर्माण गरिरहेको छ । सीमा क्षेत्रका कुनै पनि काम गर्दा दुई देशबीच हुनुपर्ने सहमति विपरीत भारतले एकातर्फी रुपमा महाकाली नदीमा बाँध निर्माण गरिरहेको हो ।

महाकाली नदीले बहाव परिवर्तन गरेको दार्चुलाको महाकाली नगरपालिका वडा नं ५ को गल्फै क्षेत्रमा भारतले एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहेको छ । उक्त भूभागमा तटबन्ध निर्माण नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट भारतको पिथौरागढ प्रशासनलाई गरेको पत्राचार वेवास्ता गर्दै भारतले तटबन्ध निर्माण तीब्र पारेको छ । यसबाट नेपाल तर्फका बस्ती उच्च जोखिममा परेका छन् ।

तटबन्ध निर्माण रोक्न महाकाली नदी नियन्त्रण आयोजना खलंगा दार्चुलाले केन्द्रमा रहेको जलश्रोत तथा सिंचाई विभागलाई आवश्यक पहल गरिदिन भनी पत्राचार गरी सकेको छ । भारतले स्थानीय तहलाइ बेवास्ता गरेकाले केन्द्रबाटै पहल हुर्नुुपर्ने महाकाली नदी नियन्त्रण आयोजनाका सूचना अधिकारी स्मित श्रेष्ठको भनाई छ ।

यसैैगरी जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि तटबन्ध निर्माण रोक्न आवश्यक पहल गर्न भनी गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरी सकेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरेकै कारण २०७० सालको बाढीले दार्चुला सदरमुकाम खलंगा बगाएको थियो । दुई देशको समझदारी नभई सीमा नदीमा एकतर्फी रुपमा भौतिक पुर्वाधार निर्माण भइरहेको यो घटनाप्रति नेपाल सरकार गम्भिर हुनु पर्ने देखिन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);