महाकालीमा बाँधिएको तटबन्ध भत्किन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

महाकालीमा बाँधिएको तटबन्ध भत्किन सुरु

पुष्कर भट्ट

कञ्चनपुर, १३ साउन । महाकाली नदी आसपासको बस्ती नियन्त्रणका लागि बाँधिएको तटबन्ध भत्किन सुरु गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका भुजेलामा निर्माण गरिएको तटबन्ध भत्किएको हो ।

अविरल वर्षापछि महाकाली नदीमा पानीको बहाव बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलामा निर्माण गरिएको तटबल्ध भत्किन सुरु गरेको हो ।

तटबन्ध भत्किन सुरु गरेपछि बस्ती जोखिममा पर्ने भन्दै स्थानीय चिन्तित भएका छन् । निर्माणमा लापरबाही भएका कारण तटबन्ध भत्किएको स्थानीयको गुनासो छ ।

तत्काल तटबन्ध निर्माण नभए महाकाली नदी गाउँमा पस्ने जोखिम रहेको भन्दै नगरबासी त्रसित भएका छन् । तटबन्ध भत्किन थालेपछि जनताको तटबन्ध कार्यालय कञ्चनपुरले ठेकेदारलाई काममा खटाएको छ ।

अहिले तटबन्ध निर्माणको जिम्मा पाएको केएस कन्सष्ट्रक्सनले जाली भर्न सुरु गरेको छ । भीमदत्त नगरकाको ११, १२ र १३ नम्बर वडा बाढीको उच्च जोखिम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);