कञ्चनपुर र दार्चुलाबासी बाढीको उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

कञ्चनपुर र दार्चुलाबासी बाढीको उच्च जोखिममा

mahakali

पुष्कर भट्ट,

कञ्चनपुर, १९ असार । लगाताको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुर र दार्चुलामा बाढीको जोखिम बढेको छ । महाकाली नदीमा मंगलबार पानीको बहाव १ लाख ४७ हजार क्युसेक मापन गरिएको छ । नदीले कञ्चनपुरमा निर्माणाधीन तटबन्धको ‘स्पर’ भत्काएपछि स्थानीय त्रसित भएका छन् ।

लगाताको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुर र दार्चुलामा बाढीको जोखिम बढेको हो । महाकाली नदीमा मंगलबार पानीको बहाव १ लाख ४७ हजार क्युसेक मापन गरिएको छ ।

नदीको सतह बढेपछि कञ्चनपुरमा निर्माणाधीन तटबन्धको ‘स्पर’ भत्काएको छ । स्पर भत्किएपछि महाकाली गाउँ बाढीको जोखिममा परेको हो । त्यस्तै दार्चुला सदरमुकाम खलंगाका सुन्सेरा, हुती, दत्तु लाली, उकुलगायत बस्ती पनि बाढिको जोखिममा परेको छ । बढीले तटबन्ध भत्काउन थालेपछि नदी किनाराका बासिन्दा त्रसित भएका छन् ।

तटबन्ध निर्माण कार्य प्रभावकारी नहुँदा नदी आसपास बाढी र डुबानमा पर्ने खतारा बढेको हो । जनताको तटबन्ध कार्यालयले तटबन्ध निर्माणमा सहकार्य नगरेको स्थानीय सरकारको भनाइ छ ।

जनताको तटबन्ध कार्यालयले भत्किएको स्पर पुरानो भएको र स्पर तथा तटबन्ध निर्माणको जिम्मा महाकाली पुल आयोजनाले लिनुपर्ने प्रतिक्रिया दिएको छ ।

भीमदत्त नगरपालिका ११ र १२ मा केएस कन्सष्ट्रक्सनले १३ करोडमा १ सय ७९ मिटर तटबन्धको निर्माण गर्ने जिम्मा पाएको थियो । ठेक्काको गत बैसाखमै सम्झौता सकिएपनि निर्माण कम्पनीले भुक्तानी नपाएको भन्दै काम रोकेकाले स्पर भत्किएको स्थानीयको भनाइ छ ।

चालु आर्थिक बर्षमा महाकाली नियन्त्रणका लागि ५६ करोडको टेण्डर आब्हान भएपनि सरकारले रकम भुक्तानी नगरेको भन्दै निर्माण कम्पनीले काममा आलटाल गर्दै आएका छन् । स्थानीयले बाढी र डुबानबाट धनजनको क्षति हुन नदिन तटबन्ध निर्माणलाई प्रभावकारी बनाउन माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);